रौतहटमा मोटरबाट करेन्ट लागेर आमाछोराको मृत्यु
जनकपुर– पानी तान्ने मोटरबाट करेन्ट लागेर रौतहटमा आमाछोराको मृत्यु भएको छ। परोहा नगरपालिका –७ नरकटिया टोलका ३५ वर्षीया ललितादेवी साह र उनका १८ वर्षीय छोरा अर्जितको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गौरका इन्स्पेक्टर उमाशंकर गुप्ताका अनुसार मंगलबार दिउँसो दुवैलाई एकसाथ करेन्ट लागेको थियो। कपडा धुने क्रममा धारामा जडान गरिएको मोटरबाट आमा छोरालाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
प्रतिक्रिया
