मोरङमा स्कुटर र मोटरसाईकल ठोक्किँदा प्रहरी सहायक हबल्दार र उनका ७ वर्षीय छोरा घाईते
विराटनगर– मोरङमा विहिबार दिउँसो स्कुटर र मोटरसाईकल ठोक्किँदा एक जना सहायक प्रहरी हवल्दार र उनका बालक छोरा घाईते भएका छन्।
पथरीशनिश्चरे नगरपालिका–१, जाँतेमोडमा प्र.१–०४–००१ प ४३१७ नम्बरको स्कुटर र प्र.१–०२–४१ प ४३५१ नम्बरको मोटरसाइकर ठोक्किएर दुर्घटना भएको हो। दिउँसो सवा १२ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको सोनापुरमा सीआरभीमा कार्यरत प्रहरी सहायक हवल्दार शान्तिराम निरौला र उनका छोरा ७ वर्षीय सुशासन घाइते भएका हुन।
खोटाङको रावावेसी गाँउपालिका–२ घरका शान्तिरामको दायाँ हात र च्युडोमा चोट लागेको छ भने सुशासनको दायाँ हात र निधारमा चोट लागेको छ। मध्यम स्वास्थ्य अवस्था भएका दुवैको मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्कुटर चालक लेटाङ नगरपालिका–९ का २४ वर्षीय दिनेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
