झापामा सीसी क्यामराले गर्यो अवैद्य सम्वन्धको पर्दाफासः ७ महिनाको शिशु शौचालयमा फालेर भागेकी महिला पक्राउ
दमक– झापामा ७ महिनाको बच्चा क्लिनिकको शौचालयमा फोलेर भागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नवजात शिशु फालेको आरोपमा प्रहरीले आईतबार दिउँसो करिव २ बजे विर्तामोड स्थित घरबाटै ती महिलालाई पक्राउ गरेको हो।
हल्दिवारी गाउँपालिका–१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शनिबार नजवजात शिशु (छोरा) को शव फेला परेको थियो। यो घट्नाको अनुशन्धान गर्ने क्रममा बिर्तामोड नगरपालिका–१० की गुरुङ थरकी करिव ३५ वर्षीया महिला पक्राउ परेकी हुन।
सीसीटीभी फुटेजका आधारमा महिलाको पहिचान गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार महिला विवाहित हुन। उनका पति वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्।
पति विदेश गएपछि अवैद्य सम्वन्धमा रहेकी उनी पेट दुख्यो भन्दै शनिवार विहानै गर्भपतन गराउन डाइग्नोस्टिक सेन्टर पुगेकी थिईन। त्यहाँ इन्जेक्सन लगाएर ७ महिनाको गर्भपतन गराएको खुलेको छ। त्यो शिशु महिलाले शौचालयमा फालेर भागेकी थिइन्। प्रहरीले शिशुलाई मृत अवस्थामा फेला पारेको थियो।
प्रहरी हिरासतमा रहेकी महिलाले गर्भ कस्को हो भन्ने खुलाएकी छैनन्। तर, गोलधापतिरकै व्यक्तिको भएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले ती महिलालाई लिएर क्लिनिक पुगेका बिर्तामोड १० कै दाहाल थरका सीटी सफारी चालकलाई पनि नियन्त्रणमा लिएको छ।
यसैगरी गर्भपतन गराउने डाइग्नोस्टिक सेन्टरका सञ्चालक सुजन घिमिरेलाई पनि निगरानीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
