बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आईतबार निजी विद्यालयको बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

अपराह्न पौने ४ बजे बिलिभर्स इङ्ग्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले ठक्करबाट खडकबहादुर थिङकी छोरी पुजाको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भिर घाईते भएकी बालिकालाई उपचारका लागि प्रहरीले हेटौंडा अस्पताल पठाएको थियो। त्यहाँ उपचारको क्रममा साँझ सवा ५ बजे उनको मृत्यु भएको हो।

प्रहरीले बसका चालक मनहरी–७ का चन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट