स्वास्थ्यमन्त्री चढेको गाडी खानेपानीको गाडीसँग ठोक्कियो, मन्त्रीसहित तीन जना घाईते

जनकपुर– मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी खानेपानी डिभिजन कार्यालयको गाडीसँग ठोक्एिर दुर्घटनामा परेको छ। दुर्घट्नामा मन्त्रिसहित ३ जना घाईते छन्।

मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी सोमबार बेलुका जनकपुरधामको रामानन्द चोकमा खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीसँग ठोक्किएको हो।

पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको खानेपानीको गाडीले ठक्कर दिएको धनुषा प्रहरीका डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालक घाइते भएको र उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट