वीरगञ्जमा वोर्डिङ स्कुलको बसले ठक्कर दिँदा साइकल यात्री ठहरै

वीरगञ्ज — पर्साको वीरगञ्ज महानगरपालिका–१६, बाइपास सडकमा मंगलबार बिहान स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
पर्साको नगवास्थित तेजस स्कुलको ना ५ ख १५०४ नम्बरको बसले विहान करिव साढे १० बजे साइकललाई ठक्कर दिँदा बाराको फेटा गाउँपालिका –५ का तैमोदिन मियाँको मृत्यु भएको हो।
साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालका अनुसार बस र चालक प्रहरीको नियन्त्रणमा छन्।
प्रतिक्रिया