२६ वर्षीया पूर्णिमाको लिलाः प्रेमीसँग विवाह गर्न २ छोरीको हत्या, दोस जती पतिको थाप्लोमा

काठमाडौँ– १५ दिनअघि सल्यानको वनगाड कुपिन्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्नै २ नाबालिका छोरीको हत्या गरेको घट्नामा प्रहरीले आश्चर्यजनक तथ्य वाहिर ल्याएको छ।
पतिले शारीरिक र मानसिक तनाव दिएको तथा परपुरुषसँग वात लाएपछि आवेगमा आएर आफुपनि आत्महत्या गर्ने योजनाका साथ छोरीको हत्या गरेको पूर्णिमाले बताउँदै आएकी थिईन। तर, अनुशन्धानका क्रममा भने पूर्णिमाको वयानभन्दा फरक तथ्य फेला परेको छ।
प्रहरीका अनुसार प्रेमीका अगाडि अविवाहित देखिन उनले छोरीहरु ३ वर्षीया करिश्मा र ६ महिनाकी राघवी रानाको घाँटी थिचेर हत्या गरेको खुलेको छ। प्रेमीसँग विवाह गर्ने योजना बनेपछि घाँडो भएका छोरीहरु सदाका लागि पन्साउने योजना अनुसार पूर्णिमाले छोरीको हत्या गरेको प्रहरीको भनाई छ।
गत २४ पुसमा उनले दुई छोरीको हत्या गरेकी थिइन्। सल्यान प्रहरीका डिएसपी केशर न्यौपानेका अनुसार सल्यानकै शारदा नगरपालिका घर भई भारतमा बस्ने एक युवकसँग पूर्णिमा ६ महिनादेखि प्रेम सम्बन्धमा थिइन्। सामाजिक सञ्जालमा भेट भएर उनीहरु प्रेममा परेका थिए।
जिविकोपार्जनका लागि ज्याला मज्दुरी गर्ने पूर्णिमाका पति टेकबहादुर कामका लागि बाहिर गइरहन्थे। घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे। त्यसैले सामाजिक सञ्जालमा प्रेमीसँग उनको दिनहुँ जसो भिडिओ कल हुन्थ्यो। पूर्णिमाले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन्।
दुई साना छोरीहरू भिडिओमा युवकले देखेका थिए। को हुन् भनेर सोध्दा पूर्णिमाले दिदीका छोरी भनेर ढाँटेकी थिइन्। उनीहरूको प्रत्यक्ष भेट पनि भएको थिएन। तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए। पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किए।
छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरूबीच छिट्टै भेट्ने कुरा भयो। भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमालाई आफ्नो बिहे र छोरीहरू भएको प्रमाण नष्ट गर्नु पर्ने बाध्यता आई लाग्यो। त्यसपछि आफुले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयान उनले दिएकी छिन्। डिएसपी न्यौपानेका अनसुसार सुरुमा पूर्णिमाले श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन्।
तर, हत्या गर्नुअगाडि उनले प्रेमीसँग भने फोनमा कुरा गरेको पुष्टि भएको छ। श्रीमानले कुनै प्रकारको शारीरिक वा मानसिक यातान दिएको खुल्दैन। एकपटक प्रेमीसँग कुरा गरेको देखेपछि भने त्यसो नगर्न भनेर सम्झाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले पूर्णिमा र उनका प्रेमीको मोबाइल फोन नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यो सवै प्रकरण वाहिर आएको हो। घटनामा उनका प्रेमीको पनि संलग्नता देखिएको छैन।
यो पनि,