पत्रकार वैद्यनाथ यादवलाई पक्राउ गर्न उजुरी दिने सीके राउतकै कार्यकर्ता भएको पुष्टि

राजविराज– नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा पूर्वउपाध्यक्ष वैद्यनाथ यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतकै प्रपञ्चबाट पक्राउ गरिएको पुष्टि हुन थालेको छ।
सप्तरी प्रहरीका अनुसार पैसा डबल गर्दिने प्रलोभनमा सर्वसाधारणको रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुनमानी भनिने रामबहादुर रजककै प्रकरणमा पत्रकार यादव पक्राउ परेका हुन। उनलाई प्रहरीले आज विहान पक्राउ गरेको हो।
प्रहरीका अनुसार पत्रकार यादवलाई सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका– ८ का भरतकुमार ठाकुरको जाहेरीमा पक्राउ गरिएको हो। ठाकुर डा. सीके राउतकै पार्टीको कार्यकर्ता रहेको खुलेको छ।
उनी ०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत पार्टीको तर्फबाट तिलाठी कोईलाडी – ८ मा वडाध्यक्षको उम्मेदवार थिए। जनता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादव ७२१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा ठाकुरले भने १३६ मत ल्याएर चौथो स्थान प्राप्त गरेका थिए।
यो पनि,