सुप्रिम सहकारी प्रकरणमा रविको थुनछेक बहस न्यायाधीश योगीको इजलाशमा, मिसिल अध्ययन हुँदै

काठमाडौँ– सहकारी ठगी आरोपमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत रूपन्देहीमा हाजिर हुन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको छ।
उनी विरुद्ध बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमामा मुद्दा दर्ता छ। त्यसपछि अदालतमा हाजिर हुन उनी मंगलबार नै बुटवल पुगेका थिए। उनी आज विहान कार्यालय खुल्नेबित्तिकै जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए।
लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना र यसअघि ३ वैशाखमा २८ जनामध्ये ८ जना गरी २२ जनालाई आइतबार सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो।
लामिछाने सोही मुद्दाका लागि जबाफ दिन जिल्ला अदालत रूपन्देही पुगेका हुन। लामिछानेको तर्फबाट कानून व्यवसायी नारायणदत्त कँडेल र गोविन्द प्रसाद मरासिनी लगायतले बहस गर्ने जनाईएको छ। न्यायाधीशले मिसिल अध्ययन गरिरहेका छन्।