चुम्बन काण्डको बदनामी सेलाउन नपाउँदै ‘मालावी काण्ड’ ले पार्टीमा आलोचित हुँदै एमाले सचेतक सुनिता बराल

काठमाडौँ– गत असोजमा चुम्बन काण्डले चर्चामा आएकी सत्तारुढ दल नेकपा एमालेकी सांसद तथा एमाले सचेतक सुनिता बराल पार्टीलाई जानकारी नै नदिई अफ्रिकी मुलुक मालावी पुगेपछि फेरी चर्चामा आएकी छिन्।
उनी १७ माघको बेलुका करिव ६ बजे कतार एअरको उडानबाट दोहा हुँदै मालावी पुगेको उनी निकट स्रोत बताउँछ। तर, यसको जानकारी उनले पार्टी तथा संसदिय दलमा समेत दिएकी छैनन्। शुक्रबार संघीय संसद्को ‘हिउँदे अधिवेशन’को पहिलो बैठक बस्ने भएपछि उनको खोजी सुरु भएको थियो।
प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रमुख सचेतक र सचेतकबीच छलफल गर्ने प्रचलन छ। तर, हिउँदे अधिवेशनको पहिलो बैठकमै एमाले सचेतक बरालसँग सम्पर्कमा नभएपछि संसद् भवन परिसरमा उनको खोजी भएको थियो।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेको ‘शुक्रबारको बैठकमा सचेतक अनुपस्थिति’ भएपछि उनको खोजी ब्यापक बनेको थियो। स्रोतका अनुसार बरालको फोन बुधबारदेखि नै ‘स्विचअफ’ छ। प्रमुख सचेतक बर्तौलाले सचेतक बरालको अनुपस्थितिका बारमो अवविज्ञता प्रकट गरेका छन्। यो प्रकरणले पार्टीभित्रै उनको आलोचना सुरु भएको छ।
यसअघि बराल गुल्मी स्थायी घर भई पछिल्लो समय अमेरिका वस्दै आएका पूर्वपत्रकार जितेन्द्र जीसीसँगको चुम्वन काण्डका कारण चर्चामा आएकी थिईन। उक्त चुम्बन काण्ड उनी सचेतक बनेपछि नै सार्वजनिक भएको थियो। बराल ०८० फागुनको तेस्रो साता सचेतक वनेकी हुन भने चुम्बन काण्ड ०८१ असोज पहिलो साता चर्चामा आएको थियो। यस विषयमा विभिन्न अनलाईन मिडियाले समाचार पनि लेखेका थिए।
‘बिनी डट कार्की जिरो’ नामको टिकटक अकाउन्ट ह्यान्डलबाट सार्वजनिक भएका तस्वीरमा सुनिताले जिसीसँग चुम्बन, अङ्कमाललगायतका प्रेमालाप गरिरहेको देख्न सकिन्छ। तस्वीरमा सुनिता र ती पुरुष भिन्न–भिन्नै पोज र पोशाकमा देखिन्छन्। त्यसैले ती तस्विरहरु छुट्टाछुट्टै भेटमा खिचिएको अनुमान गरिएको थियो।
विद्यार्थी राजनीतिबाट आएकी बराललाई एमालेले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको हो।