बाख्रा चराउन गएकी ११ वर्षीया बालिकालाई १० को नोट दिएर बलात्कार गरेको आरोपमा साह पक्राउ

वीरगञ्ज– बाख्रा चराउन गएकी ११ वर्षीया बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई पक्राउ गरेको छ।

साहले बालिकालाई १० रुपैयाँको नोट दिएर फकाई जंगलमा लगेर बलात्कार गरेको आरोप छ। प्रहरी अनुसार घट्ना बुधबार बिहान करिव १० बजेको हो। बाख्रा चराउन गएकी बालिकालाई साहले पैसा दिएर जंगलमा लगेर बलात्कार गरेका थिए।

घटनको जानकारी पाएपछि अभिभावकले साहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार दिउँसो करिव ३ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।

साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। पर्सा जिल्ला अदालतबाट तीन दिनको अनुमति लिई उनी विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दामा अनुशन्धान भईरहेको लम्सालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट