हाम्रो बारे

रक्तमाला पब्लिकेसन्स प्रालिद्वारा सञ्चालित ‘शीर्ष खबर डट कम’ सत्यता, निष्पक्षता र विश्वसनीयताको तीन खम्बे नीतिमा आधारित समाचार र विचार मुलक अनलाईन पोर्टल हो।

नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रताको हकलाई प्रचलन गराई स्वच्छ, निष्पक्ष, लोकतान्त्रिक मान्यतामा आधारित आत्मनिर्भर, जवाफदेही र उत्तरदायी सञ्चारमाध्यमद्वारा जनताको सुसूचित हुने अधिकार सुनिश्चित गरी सभ्य र समृद्ध समाज स्थापना गर्नु हाम्रो मुल उदेश्य हो।

सबै वर्ग, क्षेत्र, जाति, भाषा, लिङ्ग र समुदायको पहुँच बढाई स्वच्छ जनमत निर्माण गर्ने प्रभावकारी माध्यमको रूपमा हामी यो अनलाईन पोर्टललाई अगाडि वढाउन चाहान्छौं। हामी सरकारी कार्यप्रणाली, सार्वजनिक नेतृत्व, राज्यका सेवा प्रदायक कार्यालय, व्यापार तथा अन्य सार्वजनिक निकायहरूको क्रियाकलाप निगरानी गर्छौ र उनीहरुलाई उत्तरदायी र जवाफदेही बन्न दबाब श्रृजना गर्छौ।

राज्यको सेवा निष्पक्ष, विवादरहित र समन्यायिक होस भन्ने विषयलाई हामी सचेत भएर खवरदारी गर्छौ। अन्याय, अवैधता, अत्याचार र असामाजिक कृयाकलापका विरुद्ध हामी सदैव वाचडगको रुपमा काम गर्नेर्छौ। त्यस्ता घटनाको खुलासा गर्नु, जनतामा जागरूकता ल्याउनु र समस्याको हल निकाल्न राज्यलाई झकझक्याउनु हाम्रो कर्तब्य र दायित्व हुनेछ।