घाँसिकुवामा यात्रु बस दुर्घटना हुँदा २ जनाको मृत्यु, घाईते ३४ मध्ये २४ गम्भिर

राजविराज– तनहुँको ब्यास नगरपालिका– १२ मा आज विहान यात्र बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाईते भएका छन्।

मृतकको पहिचान भएको छैन। घाईते मध्ये २४ जनाको अवस्था गम्भिर छ।  दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा पठाइएको छ।

ब्यास नगरपालिका स्थित घाँसीकुवाबाट ३ सय मिटर पुर्व यात्रु बस पल्टिएर दुर्घटना भएको हो। धरानबाट पोखरा जाँदै गरेको ग १ ख ५८९५ नम्वरको बस रोडबाट तल खसेको स्थानीय देवेन्द्र क्षेत्रीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट