१२ दिनसम्म पनि भएन बोरामा फालिकाएका दुई वटा शवको सनाखत, स्केच सार्वजनिक

भरतपुर– चितवनमा १२ दिनअघि हातखुट्टा बाँधेको र मुखमा टेप लगाई बोरामा पोको पारेर फालिकाएको अवस्थामा फेला परेका दुई वटा शवको पहिचान अहिलेसम्म भएको छैन। तर, प्रहरीले स्केच भने तयार गरेको छ।

मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा महिला र पुरुष दुवैको शव फेला परेको थियो। सडे गलेको अवस्थामा भेटिएका दुवै शवको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत स्केच सार्वजनिक गरेको छ।

७७ वटै जिल्ला प्रहरी कार्यालय र सीमावर्ती भारतीय इलाकाहरूमा समेत हुलिया परिपत्र गर्दा मृतकहरूको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको चितवन प्रहरीका डीएसपी विजयराज पण्डितले बताए। डिएसपी पण्डितले भने–‘विशेषज्ञहरूको सहयोगमा तयार गरिएको स्केच सार्वजनिक गरेका छौँ, स्केचबाट आफन्त र चिनजानका मानिसहरूमार्फत शवको सनाखत गर्न सहयोग पुग्ने छ।’

प्रहरीले मृतकहरूले लगाएको कपडाको विवरण पनि सार्वजनिक गरेको छ। आफ्नो चिनजानका ब्यक्ति सम्पर्कमा नआएको भए जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट