११ हजार भोल्टको बिजुलीको तार चुडिएर करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटको माधवनारायण नगरपालिका– ७ लौकहाका ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ।
करेन्ट लागेर स्थानीय ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हो। खेत जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको स्थानीयले बताए।
बिहान ११ः४५ बजे खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडिएर खसेको र उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर झलक शर्माले बताए।
स्थानीयका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो। उनीहरुले विद्युत् प्राधिकरणको चरम लापरबाहीले दुर्घटना भएको आरोप लगाएका छन्।
प्रतिक्रिया