परस्त्री लिएर होटलमा छिरेको १० मिनेटमै पुरुषको मृत्यु, महिला पक्राउ

लहान– सिरहाको मिर्चैयामा एक महिलालाई लिएर होटलमा छिरेका कल्याणपुर नगरपालिका– २ का ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको छ। उनी एक महिलालाई लिएर आजै ‘ओखलढुङ्गे गिरी होटल’मा पुगेका थिए।

होटलको कोठामा पुगेको केहीबेरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार कोठामा गएको १० मिनेट नबित्दै सँगै गएकी महिला रुँदै तल झरेकी थिईन। होटल सञ्चालकले कर्णको उद्वार गरी नजिकैको स्वास्थ्य संस्थामा लगेका थिए।

उनको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णको मुख बाङ्गो भएको प्रहरीले जनाएको छ। तर, के कारणले मृत्यु भयो भन्ने खुलेको छैन। महिला पक्राउ परेकी छिन्। उनको पहिचान प्रहरीले खुलाएको छैन।

घट्नाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। घटनाबारे उनको परिवारलाई जानकारी गराएको र आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट