अस्पतालको इमरजेन्सी बेडमा कुकुरको बास

काठमाडौं– इमरजेन्सी फाँटको विरामी राख्ने वेडमा कुकुर सुतेको फोटो वाहिरिएपछि कपिलवस्तु अस्पतालका ३ जना कर्मचारी निलम्बनमा परेका छन्।

चौबिसै घण्टा खुला हुने फाटका ती कर्मचारीले आफ्नो ड्युटीमा लापर्वाही गरेको भन्दै अस्पताल प्रशासनले निलम्बन गरेको हो। निलम्बन गर्ने कर्मचारीहरुको नाम भने सार्वजनिक गरिएको छैन।

गत ३ पुसमा इमरजेन्सी फाँटको बेडमा कुकुर सुतेको फोटो सामाजिक संजालमा भाइरल भएको थियो। पेट दुखेर अस्पतालमा उपचार गराउन पुगेका मायादेवी गाउँपालिकाका सुरेश कुमार पाण्डेयले बेडमा कुकुर सुतेको देखेपछि फोटो खिचेर तीन दिनअघि फेसवुकमा शेयर गरेका थिए।

फोटो सार्वजनिक भएपछि अस्पताल प्रशासनको सोमबार बसको बैठकले घटनाको छानबिनपछि तीन जनालाई निलम्बनमा राखेको अस्पतालका मेसु बिपिन जैसवालले बताए। कारवाहीमा पर्ने मध्ये २ जना अहेब र एक जना कार्यालय सहयोगी छन्।


प्रतिक्रिया

One thought on “अस्पतालको इमरजेन्सी बेडमा कुकुरको बास

  1. Thulai kam gare jasto khusi vaira hola foto halne.. night duty ma karmachari le rest garda kukur chiresi karmachari le nilamban nai khane gari galti gare jasto lagdaina.. sab neta banna khojxan.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट