१७ वर्षीया किशोरीको शव आफन्तको घरमा भेटिएपछि अनुसन्धान गर्दै प्रहरी

वर्दिया– बर्दियाको मधुवन नगरपालिका– ८ घर भएकी १७ वर्षीया रमा थारु बारबर्दिया नगरपालिका– ४ स्थित आफन्तको घरमा मृत फेला परेकी छिन्।
बुधबार बारबर्दिया ४ पदनाहास्थित आफन्त आयूष थारुको घरमा उनको शव फेला परेको हो। उनी आयुषकै घरमा बस्दै आएकी थिईन। उनीहरुको सम्बन्ध भने खुलाएको छैन।
घरको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए। इलाका प्रहरी कार्यालय बनियाभारले घटनाको अनुसन्धान सुरु गरेको उनले वताए।
प्रतिक्रिया