श्रीमतीलाई खुकुरीले छप्काएर भागेका व्यक्ति मृत फेला, श्रीमतीको उपचार हुँदै
विराटनगर — श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते बनाएर फरार भएका पाँचथरका एक ब्यक्ति मृत फेला परेका छन्।
फालेलुङ गाउँपालिका–२ जोरपाटीका ४० वर्षीय मानबहादुर गुरागाँईलाई आईतबार विहान मृत अवस्थामा फेला परिएको हो। उनले शनिबार साँझ श्रीमती विमलालाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएका थिए।
रातभर घर नआएका खोजतलास गर्ने क्रममा घर नजिकै खन्युको रुपमा झुण्डिएको अवस्थामा गुरागाईँलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीले गुरागाईको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल पु-याएको छ।
प्रहरीका अनुसार बिमलाको दाहिने हातका तीनवटा औंला चुडिएका छन्। अनुहारमा पनि चोट लागेको छ। उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया