कोईला बालेर एउटै कोठामा सुतेका सासू बुहारीको मृत्यु
काठमाडौं– डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा आगो ताप्ने क्रममा निसास्सिए दुई महिलाको मृत्यु भएको छ। ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको मृत्यु भएको हो।
मृतक धौलीदेवी र पुनम सासुबुहारी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए। एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए।
सोही आगोको धुवाँ र अक्सिसनको कमीका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
सांसद भएर पनि सुध्रिएनन् खगेन्द्र सुनारः ‘मास्टरलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्छ’ भनेपछि आलोचना
