कोईला बालेर एउटै कोठामा सुतेका सासू बुहारीको मृत्यु

काठमाडौं– डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा आगो ताप्ने क्रममा निसास्सिए दुई महिलाको मृत्यु भएको छ। ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको मृत्यु भएको हो।

मृतक धौलीदेवी र पुनम सासुबुहारी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए। एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए।

सोही आगोको धुवाँ र अक्सिसनको कमीका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट