मास्क लगाएकी महिलाद्वारा २६ दिनको शिशु अस्पतालबाटै चोरी

काठमाडौं– काठमाडौको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट नवजात शिशु चोरी भएको छ। २६ दिनको नवजात छोरी हेरिदिने भन्दै मुखमा मास्क लगाएकी एक महिलाले लिएर भागेको प्रहरीले जनाएको छ।

काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाकी छोरी चोरी भएको हो। केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन्। घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो। त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो।

प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ। अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन्। मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन्। अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका छन्।

‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ’ उनले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ।’ प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट