वन्दुकको गोली बोकेर घुमिरहेका दुई युवा सर्लाहीबाट पक्राउ

जनकपुर– सर्लाहीमा बन्दुकको गोली बोकेर हिडिरहेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन।

सर्लाहीको मंलगवा नगरपालिका–१ का २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ का २४ वर्षीय रञ्जित राम पक्राउ परेको प्रहरीले जनाएको छ।

शंकरपुरबाट सोल्टी तर्फ जाँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ राउन्ड गोली बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए।

महरा रामको साथबाट ८ एमएम को ४ राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो। उनीहरुलाई अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट