ललितपुरमा होली मनाउँदा ग्याङ फाईट, २ जनाको मृत्यु

काठमाडौं– ललितपुरमा आइतबार होली खेल्दा दुई समुहबीच झडप भएर छुरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ। ढोलाहिटीमा राति भएको झडपमा धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पूजन राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार राति करिव १० बजे भएको घट्नापछि करिव ११ बजे पुजनलाई सुमेरु र रोबसलाई पाटन अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

घटनास्थलबाट प्रहरीले एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट