५ महिने छोराको निर्मम हत्या गरेर भारतमा लुकेकी आरतीलाई प्रहरीले समात्यो
राजविराज– ५ महिनाको आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई १० महिलनापछि पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी साहलाई पक्राउ गरिएको हो।
२७ साउन ०८० को बिहान करिव ९ बजे घरमा कोही नभएको मौका पारी आरतीले घाँटी थिचेर ५ महिने छोराको हत्या गरेकी थिईन। उक्त घट्नापछि फरार भएकी उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै खुलेको थियो।
मंगलबार दिउँसो वीरगन्जमा घुमी हिडेको सूचना पाएपछि खटिएको प्रहरीले आरतीलाई मंगलबार दिउँसो ३ बजे वीरगन्ज १३ बाट पक्राउ गरेको पर्सा प्रहरीका डीएसपी कुमारविक्रम थापाले जानकारी दिए।
घट्नाको थप अनुशन्धान भईरहेको उनको भनाई छ।
प्रतिक्रिया