नक्कली कागज देखाएर रसिया पठाइदिन्छु भन्दै रौतहटका युवाको १० लाख ठगी, पक्राउ परे प्रजापति

रौतहट— अध्ययन भिसामा रसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले रौतहटबाट शनिवार एक जनालाई पक्राउ गरेको छ।
युमनामाई गाउँपालिका–२ का २३ वर्षीय राहुलकुमार प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी एलिजा गिरीका अनुसार प्रजापतिले अध्ययन भिसामा रसिया देश पठाइदिने भन्दै रकम असुल गर्दै आएको थिए।
प्रजापतिले नेपालस्थित रसियन दूतावासबाट जारी भएको भन्दै विभिन्न नक्कली कागजाज देखाई गाउँकै जितेन्द्रकुमार यादवसँग १० लाख ८७ हजार ७२० रुपैयाा रकम लिएको खुलेको छ।
यादवसँग रकम लिएपछि उनी भागेका थिए। पीडितको गुनासो पछि प्रहरीले उनलाई पक्राउ गरी ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए।
प्रतिक्रिया