भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वगृहमन्त्रीका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन्।

नेपाल प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको हो। बुबा गृहमन्त्री हुँदा स्वकीय सचिवसमेत रहेका उनको भुमिकाका विषय निकै विवाद भएको थियो। त्यसपछि उनी स्वकीय सचिवबाट हटाइएका थिए।

भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो। प्रतिकले विचौलियाको भूमिका निर्वाह गरी कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थि ।

तर, यो सवै काम बादल गृहमन्त्री भएका बेला नभई बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन किर्ते गरिएको खुलेको थियो। यो सवै प्रकरणमा मोरङका केशव दुलाल र सानु भण्डारीले सेटिङ मिलाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट