खानेपानीमा भ्रष्टाचार गरेको आरोपपछि थोत्रो गाग्री बोकेर सिंहदरबार पुगे साम्पाङः प्रहरीले खोस्यो गाग्री

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बोकेको रित्तो गाग्री सिंहदरबार पुगेपछि प्रहरीले खोसेको छ। उनी गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न खोजेपनि प्रहरीले उनको चाहाना पुरा हुन दिएन।
मेयर साम्पाङले ल्याएको गाग्री प्रहरीले बरामद गरेको छ। मेयर साम्पाङ रित्तो गाग्रीसहित धरानबाट सोमबार काठमाडौं आएका हुन। मेयर साम्पाङले आफूलाई सिंहदरबार प्रवेशमा अवरोध नभएको तर गाग्री लैजान नदिइएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी आयोजना माग गर्ने उनको तयारी छ। उनले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन्।
उनले यसअघि धरानको भानुचोकमा रित्तो गाग्री बोकेर प्रदर्शन गरेका थिए। धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ। धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको थियो। तर पानीका अभाव उस्तै छ ।
खानेपानीको अभाव झेल्दै आएको धरानमा पानीको निहुँमा निकै ठूला विवाद मच्चिने गरेका छन्। उसो त मेयर साम्पाङ आफैं धरानको खानेपानी समस्या समाधान गर्ने भनेर लागेका थिए। उनले जनश्रमदान र चन्दाको अभियान नै चलाए।
तर, खानेपानीका लागि दाताले दिएको चन्दा रकममा भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको छ। सहयोग रकम ब्यक्तिगत खातामा राखेर जथाभावी खर्च गरेको, हरहिसाव नदेखाएको लगायतका आरोपसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी परेको छ। खासगरी श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजना निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणका विषयमा अख्तियारले उनलाई जवाफ मागेको थियो।
सम्पाङले ५ सय भन्दा वढि शब्दको जवाफ आयोगलाई पठाएका छन्। श्रम संस्कृतिका पिताको अपमान गरेको उनको भनाई छ। साम्पाङले नेताहरुले गरेका गलत कृयाकलापको खोजी गर्न चुनौती दिँदै आफनो पछाडि नलाग्न सुझाव दिएका छन्।
साम्पाङले आफ्नो क्षमता चिनेर सन्सारले सम्मान गर्दा पनि सरकारले नचिनेको भन्दै दुःखमनाउको भाषा प्रयोग गरेका छन्। ‘वल्र्ड बुक अप रेकर्डले सम्मान गर्यो। बिदेशीले हाम्रो हुनर चिन्यो तर नेपाल सरकार र यसका अंग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको लाकै… लाको लाकै गर्छ। छक्क पर्छ।’ उनले भनेका छन।
यो पनि,