फेसबुकमा हतियार प्रदर्शन गर्ने उमर फारूक पक्राउ, हतियारको वैधानिकतामाथि अनुसन्धान

रौतहट– सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका–५ का उमर फारूक पक्राउ परेका छन्। फेसबुकमा हतियार प्रदर्शन गरिएको सामग्री सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

स्थानीय ओसी मोहम्मदका छोरा अन्दाजी २५ देखि ३० वर्ष उमेरका फारूकलाई मंगलबार इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। वरिष्ठ सई जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

फारुकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडामा बुझाएको प्रहरीले जनाएको छ। गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले फारूक पक्राउ परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

फारूकले केही समयअघि आफ्नो फेसबुक खातामा हतियार प्रदर्शन गरिएको तस्बिर वा सामग्री सार्वजनिक गरेका थिए। उक्त सामग्रीका आधारमा प्रहरीले घटनालाई अनुसन्धानको दायरामा ल्याएको हो।

यद्यपि, फारूकले प्रदर्शन गरेको भनिएको हतियार वास्तविक हो वा नक्कली, त्यसको स्रोत के हो र त्यसको स्वामित्व तथा प्रयोगका लागि कानुनी अनुमति छ वा छैन भन्ने विषयमा प्रहरीले अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

हतियार बरामद भएको जानकारीसमेत सार्वजनिक भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट