धनुषा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार

जनकपुर– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आईतबार राती एकै पटक ८ जना थुनुवा फरार भएका छन्। हिरासतको भेन्टिलेशन फोडेर उनीहरु फरार भएका हुन।
फरार भएका ९ मध्ये १ जनालाई भने प्रहरीले पुनः पक्राउ गरेको छ। लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया तथा अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक फरार भएको जनाईको छ।
फरार भएकाहरूको खोजीका लागि प्रहरीले रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च गरिरहेको छ। धनुषाका सीडीओ रामुराज कडरियाले ८ जना थुनुवा हिरासतबाट भागेको सुनेको बताए।
प्रतिक्रिया