झापाको सामुदायिक वनको पोखरीमा डुबेर दुई पाहुना बालकको मृत्यु

दमक– झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्रको पोखरीमा डुबेर आज बिहान दुई बालकको ज्यान गएको छ।
तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरु बिहान करिब ८ बजे पौडी खेल्न गएका थिए।
पौडी खेल्ने क्रममा उनीहरू पोखरीमा डुबेका थिए। स्थानीयले डुबेको थाहा पाएपछि तत्काल उद्धार गरेर विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा पुर्याए पनि अस्पताल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो।
दुवै बालकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया