झापामा चट्याङ लाग्दा दुईजना घाइते, एक गाईको मृत्यु

झापा — झापामा बुधबार साँझ चट्याङ पर्दा दुई जना घाइते भएका छन् भने एउटा गाई मरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले जनाए अनुसार चट्याङ लागेर बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा ६० वर्षीय पुन्य पौडेल घाईते भएका घाइते भएका छन्। उनको दुबै आँखा र दाहिने हातमा चोट लागेको छ। अहिले उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, शिवसताक्षी नगरपालिका–७ टेक्राकी ४४ वर्षीया डम्बर कुमारी भुजेल पनि घाइते भएकी छिन्। भुजेल गोठमा काम गरिरहेको बेला चट्याङले लाग्दा उनी घाइते भएकी हुन्। सो घटनामा भुजेलको एउटा गाई मरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार साँझ हावा हुरि र पानीसँग चट्याङ परेको थियो।
प्रतिक्रिया