पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकाली बेचबिखन गरेको आरोपमा एक जना ब्राम्हण पक्राउ

राजधानी — पशुपति आर्यघाटमा जलाउन तयारी अवस्थामा राखिएको शवबाट मासु र हड्डी निकाली बेचविखन गरेको आरोपमा प्रहरीले एक जना ब्राम्हणलाई पक्राउ गरेको छ।
ती व्यक्ति आर्यघाटमा शव दाहसंस्कार गर्ने कार्यमा संलग्न मध्येका एक हुन। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउँन लाँदा उनले मासु र हड्डी निकालेको आरोप छ। दाहसंस्कारको क्रममा ती ब्राम्हणले शवबाट मासु र हड्डी निकालेर बेचेको आरोपसहित आफन्तले उजुरी दिएपछि प्रहरीले पक्राउ गरी अनुशन्धान सुरु गरेको छ।
आफन्तहरूले मासु र हड्डी बिक्री गर्ने गरेको आरोप लगाए पनि, कसलाई र कति रकममा बेचे भन्ने बारेमा हालसम्म ठोस प्रमाण प्राप्त नभएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया