राजविराज कारागागरमा ६५ वर्षिय कैदीको मृत्यु, शौचालय जाँदा लडेका मण्डल फेरी उठेनन
राजविराज — १ वर्षदेखि राजविराजमा कैद भुक्तान गरिरहेका ६५ वर्षिय एक कैदीको मंगलबार मृत्यु भएको छ । शौचालयबाट निस्केपछि लडेका उनको उपचारका क्रममा मृत्यु भएको हो।
१६ कात्तिक ०७९ देखि कैद भुक्तान गरिरहेका राजविराज १५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए। उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका हुन।
मण्डल मंगलबार बिहान खाना खाएर शौचालय गएका थिए। शौचालयबाट निस्केपछि लडेकोका उनलाई तत्कालै उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो। उपचारको क्रममा मण्डलको मृत्यु भएको कारागार प्रमुख दासले बताए।
उनी दमको रोगी रहेको दासको भनाई छ।
प्रतिक्रिया
लोकप्रिय
झापामा सस्तो सुनको लोभ देखाएर सरोज शर्माको निर्मम हत्याः शव विरिङ खोलामा गाडेर कार जलाइयो, २ जना पक्राउ
पत्रकार मञ्जु कार्कीको खुलासाः कूटनीति बिर्सिएर छिमेकी मुलुकलाई अश्लील गाली गर्नुअघि बालेन्द्रको ‘मदिरा पार्टी’
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

