‘बाबा’ काण्डले फेरी तात्यो भारतः अश्लिल भिडियो विवादपछि महिला आयोग अध्यक्ष चाकणकर घेराबन्दीमा

काठमाडौँ— आफूलाई बाबा, आध्यात्मिक गुरु र सिद्ध ज्योतिष बताउँदै आएका ६७ वर्षीय अशोक खरातसँग जोडिएको अश्लिल यौन भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसिपी) को महिला संगठनकी महाराष्ट्र प्रदेश अध्यक्ष ३५ वर्षीया रुपाली चाकणकर गम्भीर विवादमा तानिएकी छिन्।

भिडियो सार्वजनिक भएसँगै उनको व्यक्तिगत तथा राजनीतिक छवि माथि तीव्र प्रहार भएको छ भने सामाजिक सञ्जालमा उनको इज्जतसमेत व्यापक रूपमा उछालिएको छ। विवाद चर्किँदै जाँदा चाकणकरले शुक्रबार औपचारिक रूपमा राजीनामा दिएकी छन्।

यससँगै उनले केही दिनमै दोस्रो महत्वपूर्ण जिम्मेवारी गुमाएकी हुन्, किनकि यसअघि नै उनले राज्य महिला आयोगको अध्यक्ष पदबाट पनि हात झिकिसकेकी थिइन्। उनले आफ्नो एक्समार्फत उपमुख्यमन्त्री तथा पार्टी प्रमुख सुनेत्रा पवारसँग कुराकानीपछि राजीनामा बुझाएको जानकारी दिँदै आफूमाथि लगाइएका आरोपलाई आधारहीन दाबी गरेकी छन्। उनले आफू कुनै आर्थिक वा आपराधिक गतिविधिसँग नजोडिएको जिकिर गर्दै मुख्यमन्त्री, उपमुख्यमन्त्री र प्रहरी महानिरीक्षकलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिसकेको बताएकी छिन्।

तर चाकणकरको दाबीबीच पार्टीभित्रै असन्तुष्टि तीव्र रूपमा बढेको थियो। नासिक, अहिल्यानगर लगायतका जिल्लाका एनसिपी पदाधिकारीहरूले उनको कथित सम्बन्धका कारण पार्टीको छवि बिग्रिएको भन्दै पदबाट हटाउन माग गरेका थिए। यही दबाब र बाह्य राजनीतिक आक्रमणबीच उनको राजीनामा आएको हो।

विवादलाई थप उक्साउने काम शिवसेना (युबिटी) नेतृ सुष्मा अन्धारेको आरोपले गरेको थियो। उनले चाकणकरले अघिल्लो एक यौन दुव्र्यवहार प्रकरणमा संगीतकार अनु मलिकलाई क्लिन चिट दिएको र त्यसपछि उनका छोरा सोहम चाकणकरले मलिकको प्रोडक्सनमा अवसर पाएको दाबी गरिन्। यद्यपि, अनु मलिकले उक्त आरोप अस्वीकार गर्दै आफूले कुनै पनि प्रकारको काम नदिएको र आफूले राष्ट्रिय महिला आयोग तथा महाराष्ट्र महिला आयोगबाट क्लिन चिट पाइसकेको बताएका छन्।

यसबीच चाकणकरको नाम अशोक खरातसँग जोडिँदा विवादले झनै गम्भीर मोड लियो। खरातमाथि धेरै महिलामाथि बलात्कार र ब्ल्याकमेल गरेको आरोप छ र उनी हाल प्रहरी नियन्त्रणमा छन्। प्रहरीको खनतलासीका क्रममा अशोक खरातको साथबाट एउटा पेनड्राइभ र पेस्तोल फेला परेको छ। पेनड्राईभमा ५८ जना महिलासँगको अनैतिक यौन सम्बन्धका भिडियोहरू सुरक्षित गरिएको भेटिएको छ।

उनले आफ्नै अफिसमा हिडन सिसी क्यामरा जडान गरेर महिलासँगका आपत्तिजनक दृश्यहरू रेकर्ड गर्ने र त्यसैको आधारमा ब्ल्याकमेल गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उनले महिलाहरूलाई आफ्नो जालमा पार्न ज्योतिष र तन्त्रमन्त्रको आड लिने गरेका थिए। विशेष गरी ‘तिम्रो श्रीमान् मर्छ’ वा अन्य भयावह भविष्य देखाएर महिलाहरूलाई आफ्नो अफिसमा बोलाउने, त्यसपछि नशालु पदार्थ सुघ्न वा खान दिने र त्यसपछि यौन सम्बन्ध राख्ने गरेको आरोप छ।

सबैभन्दा सनसनीपूर्ण पक्ष भने चाकणकरसँग सम्बन्धित भिडियोहरूमा देखिएको विवरण हो, जहाँ अफिसकै टेबलमा यौन सम्बन्ध राखिएको दृश्य रहेको दाबी गरिएको छ। यस्ता सामग्री सार्वजनिक भएपछि यो प्रकरण केवल व्यक्तिगत विवादमा सीमित नरही संगठित अपराध, राजनीतिक प्रभाव र शक्ति दुरुपयोगसँग जोडिएको गम्भीर मुद्दामा रूपान्तरण भएको छ।

चाकणकरले भने ती भिडियो पाँच–छ वर्ष पुराना रहेको र आफ्नो परिवारले खरात दम्पतीलाई गुरुका रूपमा मानेको दाबी गरेकी छिन्। उनले यौन सम्वन्धको विषयलाई डाईभर्ट गर्दै खुट्टा धोइरहेको र सेवा गरिरहेको दृश्यलाई आधार बनाएर यो प्रतिक्रिया दिएकी हुन। उनले भन्दै आफूविरुद्ध गलत सूचना फैलाइएको आरोप लगाएकी छिन् र निष्पक्ष छानबिनको माग दोहो¥याएकी छिन्।

यस घटनाले महाराष्ट्र राजनीतिमा ठूलो तरंग सिर्जना गरेको छ। विपक्षी दलहरूले सरकारमाथि समन्वयको अभाव र सत्ताको केन्द्रीकरणको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। कांग्रेसका प्रदेश अध्यक्ष हर्षवर्धन सापकाककले चाकणकरले विगतमा पनि आरोपितहरूको पक्ष लिँदै आएको आरोप लगाउँदै यो घटनालाई गम्भीर प्रवृत्तिको परिणाम बताएका छन्।

उनले चाकणकरलाई सम्मानजनक रूपमा बाहिरिने अवसर दिइएको आरोप लगाउँदै मुख्यमन्त्री देवेन्द्र फडणवीसमाथि समेत प्रश्न उठाएका छन—‘गृहमन्त्रीकै हैसियतमा सबै जानकारी हुँदाहुँदै किन पहिले कारबाही भएन?’

यसबीच महिला आयोगले प्रहरी महानिरीक्षकलाई पत्र लेख्दै विशेष अनुसन्धान टोली गठन गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ। अहिले यो प्रकरण केवल एक व्यक्तिको पतन मात्र नभई राज्यको राजनीति, प्रशासनिक पारदर्शिता र न्याय प्रणालीको विश्वसनीयताको गम्भीर परीक्षण बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट