झापामा बाबु–छोरीको अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या, होटलमा लुकेर बसेका दुवै पक्राउ

दमक– आफ्नै छोरीलाई पटक–पटक यौन शोषण गरी गर्भवती बनाएको र त्यसबाट जन्मिएको नवजात शिशुको हत्या गरी शव गाडेको आरोपमा झापा प्रहरीले बाबु–छोरीलाई पक्राउ गरेको छ।

वैशाख २ गते शिवसताक्षी नगरपालिका–स्थित झिलझिलेको एक खाली जमिनमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेपछि सुरु भएको अनुसन्धानले हाडनाता करणी र शिशु हत्याको गम्भीर घटना उजागर गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा संलग्न रहेको आरोपमा शिवसताक्षी नगरपालिका निवासी बाबु ९परिवर्तित नाम झिलझिले एल० र उनकी छोरी ९परिवर्तित नाम झिलझिले के–१० पक्राउ परेका छन्। बाबुविरुद्ध हाडनाता करणी तथा नवजात शिशुको कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार वैशाख २ गते झिलझिले क्षेत्रमा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा पीडित युवतीले आफ्नै बाबुले जबर्जस्ती करणी गरेको, त्यसबाट आफू गर्भवती बनेको र जन्मिएको शिशुलाई बाबुको सल्लाहअनुसार गाडिएको बयान दिएकी थिइन्।

अनुसन्धानबाट छोरी गर्भवती भएको जानकारी पाएपछि बाबु करिब दुई महिनाअघि काम खोज्न भन्दै रोल्पा गएको खुलेको छ। बाबु रोल्पामै रहेका बेला युवतीले शिशुलाई जन्म दिएपछि हत्या गरी शव गाडेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

घटनापछि फरार रहेका आरोपित बाबुको पक्राउका लागि झापा प्रहरीले विभिन्न जिल्लासँग समन्वय गरी खोजतलास थालेको थियो। प्राविधिक अनुसन्धानका क्रममा उनी रोल्पामा लुकीछिपी बसेको सूचना प्राप्त भए पनि पक्राउको प्रयास भइरहेका बेला त्यहाँबाट भागेका थिए।

पछि उनी इलाममा लुकेर बसेको विशेष सूचना प्राप्त भएपछि झापा र इलाम प्रहरीको संयुक्त समन्वयमा असार ३ गते इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मन्त्र होटलबाट पक्राउ गरिएको थियो। पक्राउका बेला उनी आफ्नै छोरीसँगै होटलमा बसिरहेको अवस्थामा फेला परेका थिए।

पक्राउ परेका बाबुलाई असार ४ गते झापा ल्याएर झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। छोरीलाई भने संरक्षणका लागि काँकडभिट्टास्थित आफन्त नेपालमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाले वैशाख १० गते नै हाडनाता करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनका अनुसार नवजात शिशुको हत्या र हाडनाता करणी दुवै घटनालाई जोडेर थप प्रमाण संकलन तथा अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनालाई अत्यन्त संवेदनशील प्रकृतिको अपराधका रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। बाबु–छोरीबीचको हाडनाता करणी, त्यसबाट भएको गर्भधारण, नवजात शिशुको जन्म र त्यसपछिको हत्या तथा शव गाड्ने घटनाले स्थानीयस्तरमा समेत गम्भीर चासो र स्तब्धता उत्पन्न गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट