नव विवाहित जोडी मृत फेला, विवाह गरेको दुई महिनामै कसरी चुँडियो जिवनको डोरी ?
 
 
													काठमाडौं– दाङको तुलसीपुर–९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका एक दम्पत्ति मृत फेला परेका छन्।
सल्यानको त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
शारदा नगरपालिका–१२ की पवित्राले दुई महिनाअघि मात्र सुशीलसँग विवाह गरेर डेरामा वस्न थालेको जनाईएको छ। प्रहरीका अनुसार उनीहरु ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए।
युवकको शव झुण्डीएको अवस्थामा फेला परेको छ भने युवतीको टाउकोमा चोट लागेको अवस्थामा वेडमा शव भेटिएको छ।
घटनाको प्रकृती र सुसाइड नोटका आधारमा युवकले श्रीमतीलाई कुटपिट गरेर हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर नवराज केसीले बताए ।
लोकप्रिय
 
 
											सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
 
 
											
 शीर्ष खबर
								शीर्ष खबर 							 
  
  
  
  
  
  
  
  
  
  
 