मोटरसाइकल दुर्घटनामा ७ महिने शिशुसहित एकै परिवारका तीन जनाको मृत्यु

हेटौंडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ महिने बालिकासमेत छन्।

बिहीबार दिउँसो १ बजे सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मकवानपुरगढी–२ कुर्ले पाखाका ३५ वर्षिय भीमबहादुर स्याङ्तान, उनकी पत्नि ३४ वर्षिया रुपा र ७ महिने छोरीको मृत्यु भएको हो। रुपा र शिशुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट