बर्दियाबाट वनभोजका लागि दाङ हिडेको बस तुलसीपुरमा पल्टिँदा २० जना घाइते

तुलसीपुर– पिकनिक टोली लिएर बर्दियाबाट दाङ जाँदै गएको यात्रु वस राप्ती राजमार्गको अमेलिया–तुलसीपुर सडक खण्ड अन्तर्गत दाङको तुलसीपुर–१३, दमारगाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
भे १ ख २०४१ नम्बरको बस आइतबार बिहान पौने आठ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए। उनका अनुसार वसमा पिकनिकको टोली सवार थियो।
बस सडक छेउको नालामा पल्टिँदा २० जना घाइते भएको र उनीहरु खतरामुक्त रहेको एसपी केसीको भनाई छ।
घाइतेलाई घटनास्थलबाट उद्धार गरेर तुलसीपुर प्रादेशिक अस्पताल लगिएको उनले वताए।
प्रतिक्रिया