श्रीमतीले अर्कैसँग सम्वन्ध राख्न थालेपछि पतिले गरे दुवैको हत्या, हातखुट्टा बाँधेर बोरामा शव
चितवन– चितवनको भरतपुर महानगरपालिका–१२ को हल्भर्टमुनी बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ।
मंसिर ६ गते पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडकखण्डको कल्भर्टमुनि उनीहरुको शव फेला परेको थियो। दुवै जना भारतीय नागरिक रहेको खुलेको छ। उनीहरूको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन।
यसको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुगेको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विवाहेत्तर सम्बन्धका कारण उक्त घटना भएको पाइएको छ। पत्नीको अर्कैसँग सम्बन्ध रहेको थाहा पाएपछि पतिले ब्वाईफ्रेण्डसहित दुवैजनाको हत्या गरेको उनीहरुको भनाई छ।
पति भने भारतमा अर्को हत्यामा पनि संलग्न पाइएको बताइएको छ। प्रहरीले मारिएका र संलग्नको नामठेगानासहित घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ।
पुरूष र महिलाको शव बोराभित्र डोरीले हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो। लामो समयसम्म पनि पहिचान नखुलेपछि प्रहरीले उनीहरूको स्केच पनि बनाएर सार्वजनिक गरेको थियो।
र, यो पनि
लोकप्रिय
रास्वपाको सुनामीमा बढारिए मधेशका ‘मसिहा’: किर्ते नागरिकता विवादित झालाई कमाण्डर बनाउँदा महँगो पर्यो चुनाव
सप्तरी–१ मा रास्वपाको एकतर्फी परिणामः ‘केबलकार’ चलाउने उम्मेदवारको पत्तासाफ, कांग्रेस सभापतिको लज्जास्पद हार
ताजा अपडेट
जेनजी आन्दोलनको छानविनमा उठ्यो प्रश्नः भदौ २३ को घट्नामा नामै तोकेर कारबाही सिफारिस, २४ को विध्वंसमा आयोग मौन
