चोरीएकी २६ दिने शिशुको उद्वार, सैनिक र सैनिक पत्निसहित ३ जना पक्राउ

काठमाडौं– काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरिएकी २६ दिनकी शिशु काँडाघारीमा फेला परेकी छिन्। शिशु चोरी गरेको आरोपमा प्र्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई बूढानीलकण्ठ नगरपालिका १२, कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी नाबालिका छोरी शुक्रबार करिव १२ बजे चोरिएकी थिईन। सविना जेठानीसहित छोरीको उपचारका लागि प्रसूतिगृहमा आएकी थिइन्। २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।

जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि आएका बेला चोरी भएको थियो। घट्नापछि सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले शिशु लिएर हिंड्दै गरेको देखिएको थियो। अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी गरेका थिए।

सोही क्रममा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति पौने १२ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्वार गरेको छ।

बालिकाको उद्वारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको छ। बालिका चोरी गरेको आरोपमा मनिषा, उनका श्रीमान र दिदीसमेत पक्राउ परेका छन्। विवाह गरेको ३ वर्षसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

प्रसुती गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन्। बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ। मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट