स्याङ्जामा बाबुको किरिया बसेका दाजु–भाइले दिँदैछन् एसईई

काठमाडौं– अहिले देशैभरी एसइई (माध्यमिक शिक्षा परीक्षा) चलिरहेको छ। स्याङ्जामा दुई जना किरियापुत्रीले पनि एसइई दिईरहेका छन्।
पुतलीबजार नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाटबाट बुबाको किरियामा बसेका दाजु भाई सङ्गम क्षेत्री र सौगात क्षेत्री परिक्षामा सहभागि भएका छन्।
फेदिखोला–४ घर भई सिद्धार्थ मावि फेदिखोला–१ मा अध्ययनरत उनीहरु वुबाको काजकिरियामा बसेको शुक्रबार पाँचौ दिन हो। संगमको सिम्बोल नम्बर ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल हो।
विहिवारबाट सुरू भएको एसइईमा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा र २ लाख ५३ हजार ६२७ छात्र र १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक गरी कुल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन्।
बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक÷एक, पर्सा र सप्तरीबाट दुई/दुई, रूपन्देहीबाट चार जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विद्यार्थीले परीक्षा दिँदैछन्।