इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका

काठमाडौं– इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ। बीबीसीले भने इरानी मिडियालाई उधृत गर्दै राष्ट्रपति रायसी सवार हेलिकप्टर पूर्वी अजरबैजानमा फोर्स ल्याण्डिङ जरेको जनाएको छ।

अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अहिलेसम्म यसको एकिन जानकारी दिन सकेका छैनन्। कसैले इरानी राष्ट्रपति सवार हेलिकप्टर फोर्स ल्याण्डिङ (कडा अवतरण) गरेको लेखेका छन् भने कसैले सम्पर्कविहीन भएको भनेका छन्।

उक्त हेलिकप्टरमा राष्ट्रपति थिए÷थिएनन् भन्ने पनि प्रस्ट भइनसकेको कतिपय मिडियाले लेखेका छन्। बीबीसीले हेलिकप्टर पूर्वी अजरबैजानमा नराम्ररी अवतरण गरेको खबर आएपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको जनाएको छ।

तर घटनाको आधिकारिक पुष्टि भइसकेको छैन। के भएको हो भन्ने विरोधाभासपूर्ण रिपोर्ट आइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट