१३ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या

धनगढीमा १३ वर्षका बालकले झुण्डिएर आत्महत्या गरेका छन्। धनगढी उपमहानगरपालिका –३ का बालक विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए।
जिवैतै रहेका उनलाई बुवाआमाले तत्कालै उद्वार गरी अस्पताल पुर्याएका थिए। अस्पताल पु¥याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको कैलालीका डीएसपी कविन्द्र बोहराले जानकारी दिए।
प्रतिक्रिया