विदेश वसेर आएपछि श्रीमतीसँग विवाद, मन्दीर जाने भन्दै एकान्तमा लगेर हत्या

जनकपुर– ९ दिनदेखि बेपत्ता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको उनकै पतिले हत्या गरेको पुष्टि भएको छ।

महेन्द्रनगरबाट २६ जेठमा वेपत्ता भएकी रबीको शव शनिबार राति मिथिला नगरपालिका–६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको थियो। उनको हत्या पति राजु यादवले गरेको प्रहरीले पुष्टि गरेको छ।

रुबी वेपत्ता भएपछि प्रहरीले राजुलाई गत बिहीबार नै पक्राउ गरेको थियो। उनकै राजुकै बयानका आधारमा रुबीको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्स्पेक्टर सोनुकुमार साहले बताए।

उनले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्। राजुले रुबीलाई औरही बाबाको दर्शन गर्न भन्दै लगेर हत्या गरेको खुलेको छ। केही महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका राजुको रुबीसँग विवाद हुने गरेको थियो।

रुबीका भाइ महोत्तरीको बर्दिवास नगरपालिका–९ का अनित यादवका अनुसार राजुले रुबीलाई बेपत्ता हुनुभन्दा ५ दिनअघि निर्घात कुटपिट समेत गरेका थिए। त्यस विषयमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल पनि भएको थियो।

रुबी वेपत्ता भएपछि उनको माईती पक्षले इलाका प्रहरी कार्यालय सखुवामा २७ जेठमै जाहेरी दिएका थिए। रुबी र राजुका ६ वर्षीय छोरा छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट