नाबालकले चलाएको मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर– नाबालकले चलाएको मोटरसाईकलको ठक्करबाट मंगलबार राती मोरङमा एक जनाको मृत्यु भएको छ।

को १ प ६३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट सुनवर्षी नगरपालिका–६ का ५० वर्षीय सुरेन दासको मृत्यु भएको हो। झपडतल–खिर्किडाँगी भित्री सडक खण्डमा पैदल यात्री दासलाई राति ८ बजे मोटरसाईकलले ठक्कर दिएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि राति ९ बजे विराटनगरको कोशी अस्पताल ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक १५ वर्षीय बालक तत्कालै फरार भएका थिए। प्रहरीले खोजी गरेर मोटरसाइकल र बालकलाई राति १२ बजे पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट