लेखा समितिमा कुलमानले थुपार्दिए १ ट्रक कागज, मागेको टीओडी मिटरको डेटा छैन

काठमाण्डौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टीओडी मिटरको डेटा भन्दै एक ट्रक जति अनावश्यक कागज प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा थुपार्दिएका छन्।
लेखा समितिले डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धी महसुल विवाद रहेका ६१ उद्योगहरुमा जडान भएको टीओडी मिटर डेटा डाउनलोडको प्रमाणित विवरणहरु माग गरेको थियो। तर, घिसिङले ३० पोकामा करिव १ लाख पेजका कागज पठाएका छन्। त्यसमध्ये सबैभन्दा बढी (२३ पोका) लग सिट रहेको उल्लेख छन्।
लग सिटको विवरण लेखा समितिले प्राधिकरणसँग माग गरेको डकुमेन्ट होईन। त्यसमाथि लग सिटको विवरण हेरेर कुन उद्योगले कति बिजुली प्रयोग गरे भन्ने जानकारी नहुने प्राधिकरणकै एक उच्च अधिकारीले बताए।
प्राधिकरणले टीओडी मिटर डेटा डाउनलोड बिवरण एक पोका र लोडप्रोफाइल सहितको टीओडी मिटर डेटा डाउनलोड बिवरण तीन पोका पठाएको पनि उल्लेख गरेको छ। जसमसा टीओडी मिटरमा हरेक दिनमा आधा–आधा घन्टाको अवधिका कुन उद्योगले कति विद्युत् उपभोग गरे भन्ने विवरण हुन्छ। यसमा पनि घिसिङको फटाई सार्वजनिक भएको स्रोतको दावी छ।
गत शुक्रवारको लेखा समितिको बैठकमा घिसिङले आफूहरुसँग आधा–आधा घन्टाको टीओडी तथ्यांक नहरेको भनेर पटकपटक भनेका थिए। उनले भनेका थिए– ‘प्राधिकरणसँग त्यसबेला डेटा डाउनलोड गर्ने प्रविधि पनि थिएन, राख्ने क्षमता पनि थिएन। त्यसो हुँदा हामीले डाउनलोड गरेर राखेका थिएनौं।’
कैफियत देखिएका अवस्थामा मात्रै टीओडी डाउनलोड गर्ने गरिएको उनको दाबी थियो। उनी आफैँले डाउनलोड गरेको छैन भनेको डेटा अहिले कहाँबाट आयो भन्ने विषय अगाडि आएको एक सांसदले बताए।
त्यस्तै, देशका विभिन्न अदालतमा विभिन्न उद्योगहरुले यस सम्बन्धमा मुद्दा हालेकोमा प्राधिकरणका क्षेत्रीय कार्यालयहरु र केन्द्रीय कार्यालयले समेत त्यो डेटा मेटिइसक्यो भनेर पत्राचार गरेका छन्। टीओडीको नयाँ डेटाले पुरानो डेटालाई प्रतिस्थापन गर्ने भएकाले त्यो मेटिएको जवाफ प्राधिकरणले अदालतहरुमा उपलब्ध गराएको थियो।
अर्कोतर्फ ६१ वटै उद्योगको टीओडी डेटा भन्दै भन्दै ४ वटा पोका पठाएर घिसिङले लेखा समितिका सांसदहरुलाई उल्लु बनाउन खोजेको श्रोतको दावी छ। स्रोतका अनुसार टीओडी मिटरमा हरेक दिनमा आधा–आधा घन्टाको अवधिमा कुन उद्योगले कति विद्युत् उपभोग गरे भन्ने विवरण हुन्छ। यो भनेको एक दिनको विवरण ४८ कोलममा हुन्छ। जुन एथ्री साइजको एक पेज हुन्छ। दिनको एक पेजका हिसावले वर्षमा ३ सय ६५ पेज हुन्छ। सवै हिसाव गर्दा एउटै उद्योगको करिब २२ सय पेज हुन्छ। सबै उद्योगको गरेर एथ्री साइजको करिब डेढ लाख पेज हुन्छ।
साँच्चै सबै उद्योगको हर दिनको टीओडीको विवरण दिएको भए दुई गाडीभन्दा बढी त्यही हुने स्रोतको दावी छ। प्राधिकरणले दाबी गरेजस्तो चारपोकामा त्यो तथ्यांक आउन सम्भव नै छैन।
यता, समितिले माग्दै नमागेको एम पावर लेजर, विवादमा विभिन्न अदालतले दिएका आदेशको विवरणलगायतका कागजात पनि प्राधिकरणले जिम्मा लगाएको छ।
यो पनि,