माईती हिडेकी महिला एक सातापछि मृत फेला परिन
विराटनगर — पाँचथरमा माईत हिँडेकी एक महिला मृत फेला परेकी छिन्। फालेलुङ गाउँपालिका–७ की ५५ वर्षीय देवीमाया रिमाल (तामाङ) मृत फेला परेकी हुन।
तामाङको शव शुक्रबार साँझ फिदिम नगरपालिका –१२, नांगीनको भोटेगाउँ नजिकै फेला परेको हो। भोटेगाउँ नजिकै भित्री सडकमा मृत फेला परेकी उनी १२ असोजमा घरदेखि फिदिम–१२ स्थित माइती जान भनेर हिँडेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बाटोमा लाडिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
मन्त्री बब्लु गुप्ताः देउसीको पैसा हजम गरेर टाप, मिटरब्याज पीडितको आन्दोलनबाट लखेटिएका विवादास्पद पात्र
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
