पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना विरामी

काठमाडौं– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, तारामार्गमा प्रसादका रूपमा मासु खाएका ३५ जना विरामी परेका छन्। स्थानीय दीपक केसीले आइतबार देउराली पूजा गर्दा मासु खाएका ३५ जना विरामी परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लका अनुसार झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएका छन्। आइतबार रातिदेखि बिरामी परेका २८ जना सोमबार दिउँसो र ७ जना मंगलबार विहान अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ।
ती मध्ये ३४ जना अर्घाखाँची अस्पताल सन्धिखर्च र एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको डीएसपी मल्लले बताए। अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार बिरामीहरूलाई ‘फुड प्वाइजन’ भएको पाईएको छ।
प्रतिक्रिया