कोशी प्रदेश सभाका ४ जना सांसद चढेको गाडी दुर्घटना, कारले दियो ठक्कर

विराटनगर– कोसी प्रदेश सभाका ४ जना सांसद चढेको गाडी सोमबार दिउँसो मोरङको कानेपोखरीमा दुर्घटना भएको छ।

झापाबाट विराटनगर आउँदै गर्दा बीएई १४०६ नम्बरको गाडीलाई विपरीत दिशामा जाँदै गरेको बा५च ३५२० नम्बरको कारलाई कानेपोखरी गाउँपालिका–७ मा ठक्कर दिएको थियो।

जानकारी अनुसार उक्त कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। उनीहरुको अवस्था सामान्य छ।

जानकारी अनुसार कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका सांसदहरु चढेको उक्त गाडी सांसद मैया श्रेष्ठको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट