विवाहको आवरणमा ४ लाख ८० हजारमा छोरी विक्रि, ३४ वर्षीय बाबु पक्राउ

पर्सा — विवाहको नाममा आफ्नै १३ वर्षीया छोरीलाई बिक्री गरेको आरोपमा पर्सामा ३४ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्। पोखरिया नगरपालिका घर भएका ती व्यक्तिले आफ्नी नाबालिका छोरीलाई चार लाख ८० हजार रुपैयाँमा एक भारतीय नागरिकलाई बेचिदिएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

आरोपित बुवाले छोरीलाई भारत बिहार, सुगौलीका ५० वर्षीय पुरुषसँग विवाह गरिदिएका थिए। ती भारतीय पुरुषमाथि आफ्नी पहिलो श्रीमतीको हत्या अभियोगसमेत रहेको खुलेको छ। प्रहरीले घटनाको उजुरी नाबालिकाका हजुरबुवाबाट प्राप्त गरेको हो। हजुरबुवाले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिएपछि प्रहरीले तत्कालै बुवालाई पक्राउ गरेको हो।

पर्सा प्रहरीका अनुसार आरोपी बाबुलाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा भारतीय पुरुषले दोस्रो विवाहका लागि नाबालिकाका बुवालाई रकम दिएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र नाबालिकाको सुरक्षा तथा पुनःस्थापना सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट